श्रम स्वीकृतिलगायत सबै कानुनी प्रक्रिया पूरा गरेका कामदार विमानस्थलबाट फर्काइयो

by समतल अनलाइन

काठमाडौं । वैदेशिक रोजगार विभागले वैधानिक रुपमा श्रम इजाजतपत्र लिएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएकामा आपत्ति जनाएको छ ।

वैदेशिक रोजगारीका लागि हिंडेका युवालाई कागजात राम्रोसँग नहेरिकन विमानस्थलबाट फर्काइने घटना बढ्न थालेको र यस्ता कामदार रुँदै कराउँदै यहाँ आउने गरेकाले विभागले सम्बन्धित वायुसेवा कम्पनी र विमानस्थलका कर्मचारीले गरेको व्यवहारप्रति यस्तो आपत्ति जनाएको हो ।

श्रम स्वीकृतिलगायत सबै कानुनी प्रक्रिया पूरा गरेर विमानस्थलमा पुगेका कामदारलाई पनि बिना कारण त्यसै फिर्ता गर्ने क्रम बढेको विषयमा विभागले यस्तो आपत्ति जनाएको हो । राजधानी दैनिकबाट

 

 
 
  
 

You may also like