यस्तो छ आजको मौसम ?

by समतल अनलाइन

काठमाडौं । के तपाई कतै जाँदै हुनुहुन्छ ? यदि यसो हो भने आफू जाने ठाउँको मौसमबारे जानकारी लिएर घरबाट निस्किनु भयो भने तपाईको यात्रा सहज हुनेछ । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज (शनिबार) गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने छ । चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 
 
  
 

You may also like