186
जाजरकोट । जाजरकोटमा शुक्रबार रातिको भूकम्पले मृत्यु हुनेको संख्या ५० नाघेको छ । पछिल्लो अपडेट अनुसार रुकुममा मात्र कम्तिमा २८ जनाको मृत्यु भएको छ भने जरकोटमा २६ जनाको मृत्यु भएको छ ।
गएराती ११ बजेर ४७ मिनेटमा आएको ६.४ रेक्टर स्केलको भूकम्पमा ठुलो मानवीय र भौतिक क्षति भएको छ र विवरण आउनेक्रम जारी रहेको छ ।
भूकम्पमा परेर जाजरकोटमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयले विवरणहरु आउने क्रम जारी रहेको जनाएको छ ।
त्यस्तै भूकम्पपछि घर भत्किदा घाइते भएकाहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । भूकम्पबाट सख्त घाइते भएका आठ जनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्याइएको प्रहरीले बताएको छ । अहिले पनि उद्धारको क्रम जारी रहेको प्रहरीले जनाएको छ ।