सानैदेखि राजनिती र व्यापार व्यवसायमा रूची राख्दै आएका रुपन्देही सुद्धोधन गाउँपालिका घर भएका सुनिल खडाल ३३ बर्षका पुगे ।
कलेजको पढाइसँगै उनी सन् २०१६ मा अष्ट्रेलियाको सिड्नी पुगेका थिए स्नातक तहको अध्ययन गर्न ।
सुनिलले सन् २०२२ मा अष्ट्रेलियाको पिआर पाएसँगै यतिबेला अस्ट्रेलियाको सिड्नीमा रियल स्टेटमा एउटा ‘ब्रान्ड’ बनिसकेका छन्। सुनिलले ल्याण्ड एण्ड लिज रियाल्टी अफिसमा रहेर रियल स्टेटको कारोवार गर्दै आएका छन् ।
उनको कम्पनीले २ मिलियन सम्मको घरहरु बेच्ने गरेको छ । खडाल भन्छन् हप्ताकै ५ वटा घर सम्म बेच्ने गरेको छु, अहिले सम्म ५० वटा घर बेचिसके ।
रियल स्टेट, निमार्ण र घर जग्गा बिक्रि वितरण एउटै खाले देखिए पनि यस भित्रका विविधता र सरकारी नियमन फरक फरक भएकाले यो व्यवसायलाई मसिनो गरि केलाउनुपर्ने उनले जानकारी दिए। ग्राहकको सन्तुष्टी र सहजताका लागि एक अर्कामा जोडिएका चार कम्पनी एकै साथ अगाडि बढाएको उनले बताए।
नेपाली समाज र नेपालसँग जोडिने हरेक अभियानमा जोडिदै आएका सुनिले समाजसेवासँगै व्यापार व्यवसायलाई एक साथ अगाडि बढाएका छन्। अस्ट्रेलियामा नेपाली समाजको बढोत्तरीसँगै गतिविधि पनि निकै बढेका छन्।
हरेक क्षेत्रमा नेपालीको पहिचान बढ्दै गएको छ। ब्यापार व्यवसायमा पनि उत्तिकै सहभागिता बढेको छ। नेपालीको बलियो पहिचानसहित अस्ट्रेलियाको सबै क्षेत्रमा फैलनु आफैंमा महत्वपूर्ण उपलब्धि भएको सुनिल बताउँछन्।
सुनिल नेपाल हुदा पनि राजनिती, ब्यवसाय र समाजसेवामा क्रियाशिल रहदै आएका थिए । अष्ट्रेलिया पुगेर पनि उनले साेही अनुसार काम गर्न ब्यस्त छन् । सुनिलले काम गरिरहेका ल्याण्ड एण्ड लिज नेपालीकै कम्पनी हाे । यसकाे सिइओ अशाेक थपलिया हुन् । अष्ट्रेलियामा यसकाे ४ वटा शाखा रहेकाे छ । २ वटा सिड्नी, १ वटा ब्रिसवेन र एउटा डार्विनका यसकाे शाखा रहेकाे छ ।