नमस्ते नेपालको १२ औँ स्थापना दिवसको अवसरमा पहिलो दिन सरसफाई कार्यक्रम सम्पन्न

बुटवल ।सामाजिक कार्यमा अग्रसर नमस्ते नेपाल रूपन्देहीको १२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमहरूमध्ये आज पहिलो दिन बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम तिलोत्तमा नगरपालिका वडा नं २ मा अवस्थित शंकरनगर स्वास्थ्य चौकी क्षेत्रमा सरसफाई गरि सम्पन्न भएको हो ।

संस्था नमस्ते नेपाल रूपन्देहीको आयोजनामा सम्पन्न उक्त कार्यक्रमा संस्थाका सदस्य सहित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, प्रहरी कार्यालय योगीकुटी, अस्थायी प्रहरी कार्यालय ड्राइभरटोल का नेपाल प्रहरी तथा तिलोत्तमा नगर प्रहरी सहित झण्डै १०० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष अर्जुन खरेलले संस्थाले १२ सम्म निरन्तरता पाएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै शंकरनगर स्वास्थ्य चौकीका कार्यालय प्रमुख राजेश ज्ञवालीले यस कार्यक्रमले स्वच्छ वातावरण निर्माणका निम्ति राम्रो सन्देश पुग्ने र आगामी दिनहरूमा यस्तै कार्यक्रमका निम्ति आफू सदैव तयारी रहेको बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मनिस भुसालले कार्यक्रममा सहभागि नेपाल प्रहरी, तिलोत्तमा नगर प्रहरीमा कृतज्ञता व्यक्त गर्नुभयो । उक्त कार्यक्रमलाइ तिलोत्तमा नगरपालिकामा स्थित सामुहिक बचत तथा ऋण सहकारी संस्थाले समन्वय गरेको थियो भने उक्त कार्यक्रम संस्थाका सचिव सन्दिप पौडेल क्षेत्रीले सञ्चालन गरेका थिए ।

वि. सं २०६८ सालमा बाल क्लबका रूपमा स्थापित उक्त संस्थाले यस वर्ष आफ्नो १२ औँ स्थापना दिवस ३ दिने कार्यक्रम गर्दै मनाउदै छ । कार्यक्रमको पहिलो दिन आज सरसफाई कार्यक्रम सम्पन्न र दोश्रो दिन भोली सिद्दार्थ राजमार्ग अन्तर्गत गोलपार्क देखि बेलहिया सडकखण्डमा नेपाल प्रहरी तथा ट्राफिक प्रहरीलाई जलपान कार्यक्रम र अन्तिम दिन जेठ १५ गते शान्तिका दुत गौतम बुद्धको जन्म स्थान लुम्बिनीमा दिप प्रज्वलन गरि मनाउने कार्यक्रम रहेको संस्थाका प्रवक्ता प्रशान्त ज्ञवालीले बताउनुभयो ।

 
 
  
 

You may also like