75
काठमाडौँ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राख्ने बताएको छ ।
सरकारको तर्फबाट आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मानव सूचाकाङ्कमा पछि परेका मधेस, कर्णाली र सुदूरपश्चिमको विकासका लागि आउँदो आर्थिक वर्षको बजेटमा प्राथमिकता राखिने जानकारी गराएका हुन् ।