मुम्बईले पञ्जाबलाई हरायो

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको छ । जितका लागि २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।

मुम्बईको जितमा ईशान किशनले सर्वाधिक ७५ रन बनाए । सूर्यकुमार यादव ६६ रनमा आउट भए । पञ्जाबका नाथन एलिसले २ तथा ऋषि धवन र अर्शदीप सिंहले समान १-१ विकेट लिए । त्यसअघि घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१४ रन बनाएको थियो ।

पञ्जाबका लियाम लिभिङस्टोनले ८२ रनको अविजित पारी खेले पनि टोलीको हार टार्न सकेनन् । त्यस्तै जितेश शर्मा ४९ रनमा अविजित रहे । मुम्बईका पीयूष चावलाले २ र अर्शद खानले १ विकेट लिए । मुम्बई ९ खेलमा ५ मा जित र ४ मा हारसहित छैटौँ स्थानमा छ ।

पञ्जाब १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अङ्ककासाथ सातौँ स्थानमा छ । हिजो भएको पहिलो खेल वर्षाले प्रभावित हुँदा लखनउ र चेन्नईले अङ्क बाँडेका थिए ।

 
 
  
 

You may also like