इन्द्रेणीको स्थापना दिवसमा सहकारी शिक्षा तालिम

बुटवल । बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाउने भएको छ । संस्थाले आफ्नो २८ औ स्थापना दिवसको अवसरमा सहकारीका सदस्यहरुलाई चरणवद्ध आधारभुत सहकारी शिक्षा तथा बित्तीय साक्षरता तालिम, रक्तदान लगायतका विभिन्न रचनात्मक कार्यक्रम गर्ने भएको हो ।

इन्द्रेणीले सोमबार पहिलो चरणमा झन्डै चार दर्जन सदस्यहरुलाई आधारभुत सहकारी शिक्षा तथा बित्तीय साक्षरता तालिम दिएको छ भने अन्य सदस्यहरुका लागि अर्को तालिम मंगलवारपनि जारी रहने संस्थाका सचिव माया गौतमले जानकारी दिनु भयो । सचिव गौतमका अनुसार सोमबार र मंगलवार सहकारी शिक्षा तालिम, शुक्रबार रक्तदान र स्थापना दिवस कार्यक्रम संस्थाले गर्ने छ ।

इन्द्रेणीका अध्यक्ष धुर्वकुमार धितालको अध्यक्षता र संरक्षक भुपाल कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सस्थाका उपाध्यक्ष कृष्णप्रसाद अर्याल, लेखा सुपरिवेक्षण संयोजक मोहनप्रसाद भण्डारी, ब्यवस्थापक बाबुराम अर्यालले सहकारी शिक्षा, सहकारीका सिद्धान्त, मुल्य र मान्यता लगायतका बिषयमा सहजीकरण गर्नु भएको थियो ।

 
 
  
 

You may also like