तिलोत्तमा नगरपालिकाद्वारा क्रिकेट खेलाडि कुशल भुर्तेललाई ५० हजार सहित सम्मान गर्ने

बुटवल । राष्ट्रिय क्रिकेट टिमका व्याट्समेन कुशल भुर्तेललाई तिलोत्तमा नगरपालिकाले ५० हजार सहित सम्मान गर्ने भएको छ । विहिबार युएई विरुद्धको खेलमा ५० रन बनाएका भुर्तेललाई नगरपालिकाले ५० हजार नगद सहित सम्मान गर्ने भएको हो ।

उनी तिलोत्तमा ९ निवासी दिपक भुर्तेलका छोरा हुन । भुर्तेलले विहिबार युएई सँगको एकदिवसीय प्रतियोगितामा ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रन पूरा गरेका थिए।

 
 
  
 

You may also like