पिएनजी ९५ रनमै सीमित, सन्दीप एक्लैले लिए पाँच विकेट

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृंखलमा नेपालले पपुवा न्यूगिनीलाई जम्मा ९५ रनमा सीमित राखेको छ ।

नेपालका बलर सामु टिक्न नसकेको पिएनजी ३२ ओभरमा ९५ रन बनाउँदै सबै विकेट गुमाउन पुग्यो । नेपालका लागि स्पिनर सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए ।

उनले १० ओभरमा १ मेडन ओभर फाल्दै २५ रन दिएर पाँच विकेट लिए । सन्दीपले यसअघि २०२० मा अमेरिका र २०२१ मा पपुवा न्युगिनीविरुद्ध ६–६ विकेट लिएका थिए । सन्दीप करण केसीपछि तीन पटक पाँच विकेट लिने नेपाली दोस्रो बलर हुन् । सन्दीपको यो एकदिवसीय करिअरको तेस्रो पटक पाँच विकेट हो ।

त्यस्तै आज कुशल मल्ल र ललितनारायण राजवंशीले दुई दुई विकेट लिए । त्यसैगरी सोमपाल कामीले एक विकेट हात पारे । नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो ।

 
 
  
 

You may also like