लोकमार्ग सडकक्षेत्र सरसफाई गर्दै सैनामैना

टिका खरेल

सैनामैना । सैनामैना नगरपालिका लोकमार्ग सडकको दायाबायामा अब पुर्णरुपले सफा र सामाग्री रहित हुने भएको छ । गाडीमा यात्रा गर्नै यात्रुले पुर्णरुपमा नगरको मुहार हेर्न पाउने छन । सैनामैना नगरपालिकाले नगरभित्र पर्ने लोकमार्गको सडकको दाया र बाया साढे ८२ फुट सडक क्षेत्र अधिकार सरसफाई अभियान सुरु गर्ने भएको छ ।
सडक क्षेत्र अधिकार सरसफाईका लागी सडक डिभिजन कार्यलय बुटवलसंग सहकार्य गर्दै सडकको दायाँबायाँ साढे ८२ फुट अधिकारभित्र रहेका सम्पुर्ण अस्थाई टहरा , निमार्ण सामाग्री, व्यावसायिक प्रयोजनले राखिएका सम्पुर्ण सामाग्री हटाउन सम्बन्धित सबैमा सुचना जारी गरेको छ ।

मंसिर १४ गतेसम्म सडक क्षेत्र अधिकार खाली गर्ने सुचना गरिएता पनि स्थानिय ब्यावसायि , उधोग बाणिज्य संघ ,ब्यापार संघ लगायतको आग्रहमा अन्तिम पटकको लागी १० दिनको म्याद थप गरिएको सैनामैना नगरपालिकाका मेयर चित्र ब कार्कीले बताउनु भएको छ । सडक डिभिजन कार्यालय बुटवलको साधन र हेफी इक्युमेन्ट समेत माग गरि सकिएको बताउदै मेयर कार्कीले केही तयारी बाकी रहेको र स्थानियको मागलाई ध्यानमा राखेर अन्तिम पटकलाई मंसिर २४ गते सम्मको लागी समय दिईएको बताउनु भएको छ । लोकमार्गका घर घरेडी अगाडी रहेका खाल्टा खुल्टी पुर्न लाग्ने माटो समेत नगरपालिकाले घर वा जग्गा धनिलाई सस्तो दरमा सर्बशुलभ तरिका उपलब्द गराउने ब्यवस्था मिलाउने समेत मेयर कार्कीले जानकारी गराउनुभएको थियो ।
सडक क्षेत्र अधिकार सरसफाईका लागी यस क्षेत्रमा रहेका संघ संस्था, राजनैतिक दल,प्रहरी, समाजसेबी,जनप्रतिनिधि,ब्यवसायी लगायतको उपस्तिथिमा अन्तरक्रिया समेत गरेको थियो ।

अन्तरक्रियाबाट केही समय थप गर्ने सुझाव आएकोले केही दिनको समय अवधि थपिएको र मंसिर १४ पछि कडाईका साथ सफाई अभियान थालिने सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्र भण्डारीले जनाउनु भएको छ ।

सरसफाई अभियानमा पुर्ण रुपले सहयोग गर्ने र कही कसैलाई पनि छ्त हुन नहुने नेपाली काग्रेसका नगर सभापति राम प्र.अधिकारीले बताउनु भएको छ । नगरको पहिचानमा सरसफाईले महत्वपुर्ण भुमिका रहने हुदा सडक क्षेत्र अधिकार सरसफाईमा सबै गम्भिर भएर लाग्न जरुरी रहेको नेकपा का नेता खुशीराम चौधरीले बताउनु भएको थियो । अन्तरक्रिया कार्यक्रममा उधोग बाण्ज्यि संघ सैनामैनाका अध्यक्ष राज ब क्षेत्री , महासचिब दिपक अधिकारी, सैनामैना ब्यापार संघका अध्यक्ष जिवनाथ पाण्डे, शिक्षक दिनेश पन्थी लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *