नेपालले दियो यूएईलाई २३० रनको लक्ष्य

काठमाडौँ । भीम सार्कीको अर्धशतकमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले यूएईलाई २३० रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालको शुरुवात राम्रो नभए पनि भीमले ब्याटिङ लाइन सम्हालेका हुन् । नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो ।

पछिल्लो क्रमका नेपाली ब्याटरहरूले सम्हालिएको ब्याटिङ गरेपछि प्रतिस्पर्धात्मक रन बनाउन सफल भएको हो । ६८ रनको ५ विकेट गुमाएर संकटमा परेको नेपाली टोलीलाई भीमले ७० रन प्रहार गर्दै इनिङ सम्हालेका थिए ।

उनले छैटौं विकेटका लागि सन्दीप लामिछाने र सातौं विकेटका लागि आरिफ शेखसँग ५६-५६ रनको साझेदारी गरेका थिए । त्यस्तै आरिफ शेखले नटआउट ४३ रन बनाए । ५६ बल सामना गरेका उनले २ चौका र १ छक्का प्रहार गरे । लामिछानेले २७ रन बनाए । करन केसीले ११ बल खेल्दै १७ रन बनाए । त्यस्तै नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका प्रतीश जिसीले ११ रन बनाए ।

ओपनर आसिफ शेख ६ र ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए। कुशल मल्लले ३२ रन बनाउन बाहेक अन्य टप अर्डर ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान रोहित पौडेलले १ र दीपेन्द्रसिंह ऐरी २ रनमा आउट भए । यूएईका लागि जुनैद सिद्दीकीले ३ तथा रोहन मुस्तफा, आर्यन लाक्राले २–२ विकेट लिए ।

 
 
  
 

You may also like