युवा रेडक्रस सर्कल पर्रोहा बहुमुखी क्याम्पसको तेस्रो अधिवेशन सम्पन

by समतल अनलाइन

शिब अधिकारी
सैनामैना । नेपाल रेडक्रस सोसाईटी पर्रोहा उपशाखाको आयोजनमा शुक्रबार परोहा युवा रेडक्रस सर्कलको तेस्रो अधिवेशन सम्पन्न भएको छ।

आज परोहा बहुमुखि क्यामपसको प्राङ्गणमा सम्पन्न सर्कलको तेस्रो अधिबेशन बाट पूजा ढकालको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति सर्वसहमत चयन गरेको हो । जसको उपाध्यायमा मिनुलाल पन्थी , सचिव सम्झना खरेल , कोषाध्यक्षमा अजय कार्की , सह-सचिवमा प्रबिन के.सी , सह-कोषाध्यक्षमा शिला खनाल चयन भएका छन् ।

त्यस्तै आजै सम्पन्न सर्कलको अधिबेशनबाट लक्ष्मी कण्डेल,जमुना पाण्डे, मोनिका गौतम मूल समिति सदस्यमा सर्वसहमत चयन भएकन हुन ।

भने अधिबेशनले हरि न्यौपानेको संयोजकत्वमा बिपद व्यवस्थापन समिति गठन गर्नुका साथै रक्तदान उपसमिति लगायतका विभिन्न समिति तथा उपसमिति गठन गरेको हो ।

नेपाल रेडक्रस सोसाईटी पर्रोहा उपशाखाका सभापति लोकनाथ अधिकारीको सभापतित्वमा मा सम्पन्न कार्यक्रममा पर्रोहा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा उपशाखाका सल्लाहार चित्र बहादुर के.सी को प्रमुख आतिथ्यता रहेको थियोे । सम्पन्न अधिवेशनको सञ्चालन प्राध्यापक जगन्नाथ गौतमले गर्नुभएको थियो ।

 
 
  
 

You may also like