माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, कार्यविभाजनबारे छलफल हुने

by समतल अनलाइन

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज (बुधबार) बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने छ ।

हिजो (मंगलबार) का लागि बोलाइएको बैठक पार्टीको संगठनसम्बन्धी ‘गृहकार्य’ नसकिएकाले आजका लागि सारिएको थियो ।
माओवादी केन्द्रको स्थायी समिति बैठकमा पेस गर्ने नेताहरुको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो । त्यसमा सहमति जुटाउन पदाधिकारी बैठक बसेको थियो ।

बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ । राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषयमा पनि छलफल हुने नेताहरूले जानकारी दिएका छन् ।

 
 
  
 

You may also like