सियारीमा शैक्षिक महोत्वस तथा राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता शुरु

by समतल अनलाइन

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा चौथो सियारी राष्ट्रिय शैक्षिक महोत्सव तथा राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता शुरु भएको छ ।
सियारी गाउँपालिका ४ दयानगर स्थित पव्लिक माविको खेल मैदानमा शैक्षिक महोत्सव तथा रनिङशिल्ड प्रतियोगिता शुरु भएको हो ।
महोत्सवको लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसिउद्धिन खाँनले उद्घाटन गर्नु भयो ।

महोत्सवको उद्घाटन गर्दै मन्त्री खांनले सियारीलाई शैक्षिक हवको रुपमा बिकास गर्दै जानुका साथै गुणस्तरीय शिक्षामा जोड दिनु पर्नेमा जोड दिनुभयो ।
उहाँले शैक्षिक महोत्सवले बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा महोत्वपुर्ण भुमिका निर्वाह गरेको उल्लेख गर्दै बिद्यार्थीहरुलाई सैद्धान्तीक ज्ञानका साथसाथै खेल क्षेत्रमा पनि उत्तिकै अब्बल बनाउनु पर्नेमा जोड दिनुभयो ।

महोत्सवमा पालिकाभित्रका ४० बिद्यालयका १ सय २ खेलाडिले बिभिन्न बिधाका खेलमा भाग लिएका छन् ।
सियारी भित्र २५ सामुदायिक, १२ सस्थागत र ३ धार्मिक बिद्यालयमा १२ हजार बढी बिद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
महोत्सवको उद्घाटन समारोहमा बिद्यार्थीहरुले बिभिन्न भेषभुषामा सजिएर मार्चपास गरेका थिए भने बिभिन्न सास्कृतिक प्रस्तुती समेत प्रर्दशन गरेका थिए । महोत्सवमा बिदार्थीहरुले तयार गरेका शैक्षिक तथा बिज्ञान प्रर्दशनी गरिएको छ ।

सियारी गाउँपालिकाको आयोजनामा भएको शैक्षिक महोत्सव तथा रनिङशिल्ड प्रतियोगिताले बिद्यार्थीहरुको बौद्यिक तथा शारिरिक क्षमता बृद्धि गर्ने तथा उनीहरुको प्रतिभा प्रस्फुटन ठुलो सहयोग गरेको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो ।

शैक्षिक महोत्सवमा बौद्यिक तथा शारिरिक खेलकुदका कार्यक्रम समावेश गरिएको शिक्षा शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए ।
महोत्सवमा गणित दौड प्रतियोगिता, नेपाली वाचन, अग्रेजी वाचन, वक्तृत्वकला, चम्चा दौड प्रतियोगिता, हस्तलेखन, चित्रकला प्रतियोगिता, दौड, हिज्जे, हाई जम्प, लंग जम्प, भलिवल, कवड्डी लगाएतका खेल कार्यक्रम रहेको पौडेलले जानकारी दिए ।

सियारी गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेको स्वागतमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश शिक्षा तालिम केन्द्र प्रमुख टिकाराम अर्याल, पब्लिक माविका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रम पव्लिक मावि, जनता मावि र सियारी गाउँपालिकामा हुने छन् । १४ गतेसम्म चल्ने कार्यक्रममा बौद्यिक कार्यक्रम पव्लिक माविमा तथा शारिरिक कार्यक्रम जनता माविमा हुने छन् ।

 
 
  
 

You may also like