उच्च भू–भागमा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

by समतल अनलाइन

काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु तथा कुहिरो लागिरहेको छ ।

आज (शुक्रबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहने छ । राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।
शनिबार भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ ।

हिमाली भेगमा हल्का हिमपातको सम्भावना र तराईमा हुस्सु लाग्ने सम्भावना रहेको हुनाले दैनिक जीवन तथा सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 
 
  
 

You may also like