जनमत पार्टी सरकारमा सहभागी हुने, क–कसलाई छान्यो समानुपातिक सांसद ?

by समतल अनलाइन

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने जनाएको छ । गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ ।
यी हुन् छनोटमा परेकाहरू

१. अनिता साह
२. सोनु मुर्मुर
३. अब्दुल खान
४. बिनिताकुमारी सिंह
५. गोमा सापकोटा

 
 
  
 

You may also like