कति छ आज विदेशी मुद्राको विनिमय दर ?

by समतल अनलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ६६ पैसा र बिक्री दर १३२ रूपैयाँ ३६ पैसा रहेको छ । युरो एकको खरिद दर १३८ रूपैयाँ ०२ पैसा र बिक्री दर १३८ रूपैयाँ ६५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ८७ पैसा र बिक्री दर १६० रूपैयाँ ६० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०३ पैसा र बिक्री दर ३६ रूपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like