संसदका महासचिवको पत्र खारेजीको माग गर्दै सर्वोच्चमा रिट

by समतल अनलाइन

काठमाडौं । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमको एउटा पत्र खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

आज (बुधबार) सचिवालयका महासचिव डा. गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै राष्ट्रपतिको कार्यालय, सर्वोच्चलगायत निकायमा पत्र पठाएका थिए ।

त्यसको कानुनी आधार नभएको र उनको निर्णय गर्ने कानुनी हैसियत पनि नभएको भन्दै पत्र खारेज माग गर्दै सर्वोच्च अदालत बारका पदाधिकारीले रिट दायर गरेका हुन् । बुधबार सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित नौ पदाधिकारीले व्यक्तिगत रूपमा रिट लगेका हुन् । सर्वोच्चले रिटमा पेसी भने तोकिसकेको छैन ।

 
 
  
 

You may also like