विश्वकप फुटबल : डेनमार्कलाई पराजित गरी फ्रान्स अन्तिम १६ मा

by समतल अनलाइन

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत गए राति भएको समूह ‘डी’ को खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोलले हराएको छ ।
जितसँगै फ्रान्स अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली समेत बनेको छ । फ्रान्सको जितमा फरवार्ड किलीयन एम्बाप्पेले दुई गोल गरे । उनले खेलको ६१ औं र ८६ औं मिनेटमा गोल गरे । ६८ औं मिनेटमा डेनमार्कमा आन्द्रेस क्रिस्टेन्सनले गोल गरे पनि जितका लागि पर्याप्त भएन ।

विश्व कप फुटबल अन्तर्गत हिजै भएको दोस्रो खेलमा पोल्यान्डले साउदी अरेबियालाई हराएको छ । पोल्यान्डले साउदी अरेबियालाई २–० गोलले हराएको हो ।

यस्तै, कतारको लुसेल मैदानमा भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलले हराएको छ भने हिजो भएको पहिलो खेलमा समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसिया पराजित गरेको छ । अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलले पराजित गरेको हो ।

 
 
  
 

You may also like