हुम्ला ’ख’ बाट कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही निर्वाचित

by समतल अनलाइन

सुर्खेत । हुम्ला प्रदेशसभा (ख) बाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही निर्वाचित भएका छन् । एमालेका छक्कबहादुर लामालाई ४,०७७ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

शाहीले ७,०५६ मत ल्याए । लामाले २,९७९ मत ल्याएका छन् । राप्रपाका नैनसिंह रावतले ९८ मत ल्याए । राप्रपा नेपालका सुमन रावतले २१ ल्याउँदा जसपाका बलीराज शाहीले ४१ मत ल्याए । यस क्षेत्रमा १०,३१४ मत खसेको थियो । निर्वाचित शाही मुख्यमन्त्रीका दाबेदार हुन् ।

 
 
  
 

You may also like