साढे सात सय मतले गृहमन्त्री खाँणलाई पछि पार्दै बोहराको अग्रता

by समतल अनलाइन

भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा दिपक बोहराको अग्रता कायम रहेको छ । १४ हजार सात सय ५५ मत गणना हुँदा बोहराले पाँच हजार ६ सय ५७ मतसहित अग्रता कायम गरेका हुन् ।

उनको निकटम प्रतिद्वन्द्वी एवं गृहमन्त्री बालकृष्ण खाँणले चार हजार नौ सय १० मत प्राप्त गरेका छन् । यतिबेला गणना भइरहेको क्षेत्र कांग्रेसको पकड मानिएको मायादेवी ७ र ८, तिलोत्तमा १४, ओमसतिया २ मा पनि बोहराले अग्रता कायम गरेका छन् ।

यसैगरी सियारी १ को पनि मतगणना सकिएको छ । मायादेवी ७ र ८ मा ४५३० मत खसेकोमा खाणको पक्षमा १९४१ र हलोलाई १४३६ मत प्राप्त भएको थियो ।

यता तिलत्तोमा १४ मा ४६१० मतमध्ये रुखमा १४८३ र हलोमा १९३४ मत आएको छ । यसैगरि, ओमसतिया २ र सियारी १ मा मतगणना सम्पन्न हुँदा रुखलाई १४८६ र हलोमा २२८६ मत प्राप्त भएको छ ।

यसरी अहिले दिउँसो ४ बजे सम्मको मतगणना सकिँदा बोहरा ७४७ मतले खाणभन्दा अगाडि रहेका छन् । योबीचमा एक हजार १४ मत बदर भएको छ । राप्रपाका नेता समेत रहेका पूर्वमन्त्री बोहरालाई एमाले र जसपाको समर्थन रहेको छ । यता, गृहमन्त्री समेत रहेका खाँणलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राजमोलगायतले समर्थन गरेका छन् ।

 
 
  
 

You may also like