नुवाकोटमा आमा–छोरीको विभत्स हत्या

by समतल अनलाइन

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ भङ्गेरीमा सोमबार साँझ आमा–छोरीको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरेर २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनको छोरी तीन वर्षीया कृष्टिना खतिवडाको हत्या भएको दुप्चेश्वर गाउँपालिका–५ का वडाध्यक्ष मइतबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्‍याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव आज साँझ ७ बजे भेटिएको हो ।

प्रहरी चौकी समुन्द्रटारबाट गएको प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको र जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उनका अनुसार घटनामा अपराध भएको पाइएकाले सोही अनुसार प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ । रासस

 
 
  
 

You may also like