कपिलवस्तु ३ मा रजौरिया रौनक बढ्दो

by समतल अनलाइन

कपिलवस्तु । मतदानको समय नजिकिदै जाँदा कपिलवस्तु क्षेत्र नं ३ को चुनावी सरगर्मी पनी बढदै गएको देखिन्छ । यसपालीको नयाँ र पुराना पुस्तावीच मुख्य प्रतिस्पर्धी हुने देखिन्छ । पुराना पुस्ताका काग्रेसका उम्मेदवार अभिशेष प्रताप साह विगत १७ वर्ष देखि विभिन्न पार्टिवाट चुनाव जितेर संसद छन् । त्यस्तै ८१ वर्षका मंगल प्रसाद गुप्ता पनि आदा दर्जन पार्टी पटक–पटक परिवर्तन गरी यस पाली एमाले बाट उम्मेदवारी दिएका छन् । यसै गरी हालसालै गठन भएको जनता प्रगतिशिल पार्टीबाट ईश्वर दयाल मिश्रले उम्मेदवारी दिएका छन् । रा.प्र.पा बाट भने युवा पुस्ताका प्रकाश रजौरियाको उम्मेदवारी परेको छ ।

मंगल गुप्ता र ईश्वर दयाल मिश्र यस पटक मुख्य प्रतिशपर्दामा देसखएका छैन । यस क्षेत्रको मुख्य प्रतिस्पर्धी अभिशेष प्रताप शाह तथा युवा प्रकाश रजौरिया वीच हुने देखिन्छ । विगतका निवार्चनमा कुनै सक्षम, जुझारु उम्मेदवार नपाएका क्षेत्र नं ३ का जनाताले यसपटक मिलनसार, मृदुभाषी तथा सवै जातजाति लाई सम्मान गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रजौरियालाई रुचाएको देखिन्छ । प्रकाश रजौरिया पूर्व मन्त्री हरिनारायण रजौरिया तथा पूर्व कपिलवस्तु जिल्ला विकास समितिका सभापित डा. गुरु प्रसाद रजोरियाका साहिला दाईका छोरा हुन । रा.प्र.पा मा धेरै पहिला देखि सकृय तथा कमल थापाको रवैवाबाट असन्तुष्ट खेमाका रजौरिया रा.प्र.पा युवक संगठन कोषाध्यक्ष रही आएका थिए ।

विगत १७ वर्षको कार्यकालमा आफ्नो घर भएको कृष्णनगर वजार तथा बहादुरगन्ज बजारका लागी केही नगरेको तथा सधै मालिकको शैलीमा जनता संग प्रस्तुत हुन शाह भने यसपटक हाथ जोडेर भोट मागेको देखिन्छ ।

स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लामो अनुभव प्राप्त गरेका प्रकाश रजौरिया त्यस क्षेत्रलाई पनी स्वास्थ्य तथा शिक्षा क्षेत्रमा अगाडी वढाउनुका साथै कृषि उत्पादनका लागी सिंचाइ, मल, विउ आदी को उचित व्यवस्थापनका लागी लागी पर्ने प्रतिवद्धता व्यक्त गर्दे चुनावी मैदानमा छन् ।

 
 
  
 

You may also like