साफ यु– १५ महिला च्याम्पियनसिप : नेपालले बंगलादेशलाई हरायो

by समतल अनलाइन

काठमाडौ । बंगलादेशमा जारी १५ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ ।

नेपालले बंगलादेशलाई १–० गोलले पराजित गरेको हो । नेपालका लागि ८६ औँ मिनेटमा वर्षा ओलीले गोल गरिन् । बंगलादेशलाई हराएसँगै नेपाल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ । बंगलादेश ३ अंकसहित दोस्रो स्थानमा र भुटान पुछारमा छ ।

आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुवैले भुटानलाई हराएका थिए । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराएको हो भने उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८–० गोल अन्तरले हराएको थियो । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छ ।

 
 
  
 

You may also like