महोत्तरी–१ मा नेकपा एकीकृत समाजवादीले मित्रवत प्रतिस्पर्धा गर्ने

by समतल अनलाइन

महोत्तरी । सत्ता गठबन्धनले क्षेत्र नम्बर १ (क) मा लोसपाका पिताम्बर महतोलाई साझा उम्मेदवार बनाएता पनि नेकपा एसले मित्रवत् प्रतिस्पर्धा गर्ने भएको छ ।

नेकपा एसका अध्यक्ष माधव नेपालको निर्देशनमा सुरेश राउतले गठबन्धनसँग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताएका हुन् । गठबन्धनभित्रैबाट प्रदेशसभा (क) मा २ जना प्रतिस्पर्धी बन्ने भएका छन् । गठबन्धनभित्रका दल नेकपा एस र लोसपाको फरक–फरक उम्मेदवारको मनोनयन दर्ता भएपछि गठबन्धनले केही दिन अगाडि लोसपाका उम्मेदवारलाई वैधता दिने निर्णय गरेको थियो ।

चुनावी प्रचारप्रसारमा निक्कै अगाडि बढिसकेको र मतदाताहरुमा अन्यौल सिर्जना नहोस् भन्ने उद्देश्यले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरिएको उम्मेदवार सुरेश राउतले जानकारी दिए । प्रतिनिधिसभाका साझा उम्मेदवार गिरिराजमणी पोखरेललाई नै भोट मागिरहेको र प्रदेशमा भने आफ्नै लागि भोट मागेको उनको भनाइ छ ।

राउतको मित्रवत प्रतिस्पर्धा गर्ने निर्णयले साझा उम्मेदवार पिताम्बर महतोलाई चुनौती थपिएको छ । गठबन्धनभित्रैको दलले छुट्टै उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा उतारेपछि महतोलाई चुनौति थपिएको नेताहरु बताउँछन् ।

 
 
  
 

You may also like