सन्दीपको बयान सकियो, भोलिदेखि थुनछेक बहस

by समतल अनलाइन

काठमाडौं । नाबालिका बलात्कार अभियोगमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ ।
न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपसँग मंगलबार बयान लिएको हो । बयान सकिएकाले बुधबार (भोलि) बाट थुनछेक बहस शुरु हुने अदालतले जनाएको छ ।

सरकारी वकिलको कार्यालयले सन्दीपलाई १० देखि १२ वर्ष कैद र उचित क्षतिपूर्ति तिराउन माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो । भदौ ५ गते काठमाडौंको एक होटलमा पु¥याएर बलात्कार गरेको आरोप लगाउँदै एक नाबालिकाले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।

 
 
  
 

You may also like