जन्मदिनको अवसरमा मा रक्तदान, बृक्षारोपण, असाहयलाई खाना

by समतल अनलाइन

बुटवल । मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ केन्द्रीय उपाध्यक्ष गोबिन्द खनालले जन्मदिनको अवशरमा बिभिन्न समाजिक कार्य गरी मनाएका छन् ।

खनालले जन्म दिनको अवशरमा बुटवलमा रक्तदान, बृक्षा रोपण, असाहयलाई खाना खवाउदै जन्मदिन मनाएका छन् । जन्मदिनको अवसरमा हिजो बुधबार रक्तदान गरेका खनालले आज सुक्रबार बुटवलको निलकण्ठ वावाधाममा बृक्षारोपण गरेका छन् । यस्तै आज सनिबार असाहयलाई खाना खुवाउदै छन् । उनले बुटवलमा कृयाशिला गोर्खाली युवा शसक्तीकरण संस्थाले प्रत्येक शनिबार महेन्द्र पार्कमा नि. शुल्क खाना खुवाउने अभियानमा साथ दिदै सनिवार खाना खुवाउने मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले जनाएको छ ।

जन्मदिनमा सामाजिक क्षेत्रमा कुनै न कुनै रुपमा प्रत्येक बर्ष सहयोग गर्ने खनालले सबैले आ आफ्नो जन्मदिनका दिन यस्ता कृयाकलाप गरेमा कोहि भोकै नहुने, बाताबरणको संरक्षण, प्रबर्द्धन हुने तथा जीवन दान हुने हुंदा यो सस्कृतिको बिकाश गर्न यसो गरेको बताए ।

 
 
  
 

You may also like