युक्रेन युद्धले एशियाली अर्थतन्त्रमा अनिश्चितता

by समतल अनलाइन

किभ । युक्रेन युद्धले एशियाली अर्थतन्त्रलाई व्यापार र वित्तीय बजारको अनिश्चितता र मुद्रास्फीतिको सन्दर्भमा व्यापक रूपमा असर गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ ।

एसिया प्रशान्त क्षेत्रमा विभाजनको जोखिम धेरै गम्भीर रहेको आइएमएफका एक शीर्ष अधिकारीले चेतावनी दिएका छन् । ‘यदि तपाईले युक्रेन युद्धलाई हेर्नुु भयो भने त्यहाँ एकभन्दा बढी च्यानल छन् जसमार्फत यसले एसियालाई प्रभावित गरेको छ । अवश्य पनि एउटा गिर्दो बाह्य माग हो । एशियाको रुससँग धेरै बलियो व्यापार सम्बन्ध छैन् ।

तर, युरोपसँग एशियाली बजार सम्बन्ध धेरै उच्च छ । त्यो हदसम्म युरोप युक्रेन युद्धबाट प्रभावित छ । यसले एशियाली देशको बाह्य मागमा असर गर्छ’, आईएमएफको एशिया तथा प्रसान्त विभागका निर्देशक कृष्णा श्रीनिवासनले भने । युुद्धपछि खाद्यान्न तथा सामग्रीको मुुल्यमा वृद्धि भएको उनको भनाई छ । श्रीनिवासनका अनुसार व्यापार अनिश्चितता अर्को विषय हो ।

 
 
  
 

You may also like