दोनेत्स्कमा रुसी हमलामा मारिएका दर्जनौं सर्वसाधारणको शव फेला

by समतल अनलाइन

मस्को । युक्रेनले मस्कोको फौजबाट हालै फिर्ता लिएको युक्रेनको पूर्वी दोनेत्स्क क्षेत्रका दुई शहरमा रुसी हमलामा मारिएका दर्जनौं सर्वसाधारणको शव फेला पारेको मंगलबार जनाएको छ ।

‘स्भियाटोगिर्स्क र लाइमनका मुक्त शहरहरूमा, कानून प्रवर्तन अधिकारीहरूले नागरिकहरूको सामूहिक रुपमा शव गाडिएको ठाउँहरू पत्ता लगाए’, अभियोजक जनरलले एक विज्ञप्तिमा भने, ‘स्भियाटोगिर्स्कमा ३४ र लिमानमा ४४ अन्य अवशेषहरू निकालिएको थियो ।’

लिमानको एउटा चिहानमा अधिकारीहरूले करिब ११० वटा चिहान फेला पारेको अभियोजकको कार्यालयले जनाएको छ । ‘सबैभन्दा कान्छी व्यक्ति केबल एक वर्षकी छिन् । उनको शव सम्पूर्ण परिवारको छेउमा गाडिएको छ‘, विज्ञप्तिमा भनिएको छ ।

 
 
  
 

You may also like