दाङको चिसापानीमा ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु

by समतल अनलाइन

दाङ। दाङमा ‘पिक्निक’बाट फर्कनेक्रममा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार दिउसो साढे तीनबजेतिर गढवा गाउँपालिका वडा नं. ६ मनिकापुरबाट पिक्निक खाएर फर्कने क्रममा गढवा ५ कोईलाबासमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं. ६ मनिकापुर निवासी ११ बर्षीया निनु पुन, सोही ठाउँकी १२ बर्षीया सीमा परियार, सोही ठाउँकै १२ बर्षीया सुनिता पुनमगर रहेको प्रहरीले बताएको छ ।

 
 
  
 

You may also like