शाइनले ल्यायो ‘दशैँ र तिहारको डिजिटल उपहार ’

by समतल अनलाइन

बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ‘दशैँ र तिहार, शाइन रेसुङ्गाको डिजिटल उपहार’ अफर ल्याएको छ । बैंकले साे अफर अन्तर्गत डिजिटल कारोबारलाई प्रोत्साहन गर्न डिजिटल कारोबार अन्तर्गत एनसेल र एनटिसीबाट गरिने हरेक टपअप कारोबारमा ५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको हो ।

 

सो सम्झौता अनुसार शाइन रेसुङ्गाका ग्राहकहरूले मोको डिजिटल वालेटमा डेबिट भिसा कार्ड लिंक गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २०० सम्मको छुट प्राप्त गर्न सक्ने छन् । यो छुट पहिलो २०० जना ग्राहकहरुले पहिलो पटक कारोबार गर्दा प्राप्त गर्ने बैंकले जनाएको छ ।

त्यसैगरी, बैंकले हालै मात्र फोकसवान पेमेण्ट सोल्युसनद्वारा सञ्चालित मोको डिजिटल वालेटसँग आवद्ध भई भिसा कार्ड मार्फत डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता गरेको छ ।

बैंकका अनुसार इसेवा वालेटमा शाइन रेसुङ्गाको खाता लिंक गरी रकमान्तर गर्ने ग्राहक मध्य एक जना भाग्यशाली ग्राहकले हवावे अनर प्याढ एक्स ८ प्राप्त गर्न सक्ने छ ।

 
 
  
 

You may also like