राजधानीमा चाडबाडका बेला ३,३४३ प्रहरी खटाइने

by समतल अनलाइन

काठमाडौँ । चाडपर्वको समयमा काठमाडौँको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले चाडपर्व सुरक्षा योजना-२०७९ जारी गर्दै सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्न चाडपर्व सुरक्षा योजना लागू गरिएको जानकारी दिए ।

अपराध बढी भएका ठाउँ र हुन सक्ने सम्भावित ठाउँलगायतमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसँग समन्वय तथा सहकार्यमा सादा पोसाकमा प्रहरी परिचालन, सूचना सङ्कलन तथा प्रहरी परिचालन गरिने भएको छ ।

 
 
  
 

You may also like