१७ वर्षमुनिको साफ च्याम्पियनसिप : नेपाल भारतसँग ४-० ले पराजित

by समतल अनलाइन

काठमाडौँ । नेपाल १७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्न असफल भएको छ । गए राति श्रीलङ्कामा भएको फाइनलमा नेपाल भारतसँग ४-० गोलले पराजित भयो ।

समूह चरणमा भारतलाई हराएको नेपालले फाइनलमा भने निराशाजनक प्रदर्शन गरेको हो । भारतका लागि बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक/एक गोल गरे ।

३९औं मिनेटमा भारतीय खेलाडीलाई लडाएको भन्दै नेपालका कप्तान प्रशान्त लक्समले रातो कार्ड खाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा थप दुई गोल खायो ।

 
 
  
 

You may also like