प्युठान जीप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्‍यो

by समतल अनलाइन

दाङ । प्युठाको नौबहिनी गाउँपालिका -६ बहानेमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ जना पुगेको छ ।

मृत्यु हुनेमा नौबहिनी- ५ डामृका रेमसरा बुढा मगरकि २५ दिने शिशु चेतना बुढा, उनकी दिदी ७ वर्षीया करुणा बुढा मगर र सोही ठाउँका जीप चालकसमेत २५ वर्षीय लुकेश थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले २१ दिने शिशु चेतना बुढा, उनकी दिदी २७ वर्षीया करुणाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताए । त्यस्तै चालक थापाको भने उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको उपरीक्षक थापाले बताए ।

त्यस्तै दुर्घटनामा दुई जान गम्भीर घाइते भएका छन् भने घाइते ७ जनाको उपचार भइरहेको छ । आइतबार साँझ ५ बजे प्युठानको बाग्दुलाबाट डामृ तर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जिप नौबहिनि गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटनामा परेको थियो ।

 
 
  
 

You may also like