रुपन्देही व्यापार संघ गिफ्ट तथा कस्मेटिक वस्तुगत समितिद्वारा शैक्षिक तथा खेलकुद सामग्री वितरण

बुटवल । रुपन्देही व्यापार संघ गिफ्ट तथा कस्मेटिक वस्तुगत समितीले बुटवल-११ मैनाबगरस्थित मैनाबगर आधारभूत विद्यालयमा सोमबार शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ ।

वस्तुगत समितिले प्रमुख अतिथि रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले विद्यालयकी प्रअ कमला ज्ञावली तथा विद्यार्थीहरुलाई सामाग्री प्रदान गरेका थिए ।

समितिले सो अवसरमा कपि, कलम, पेन्सील, भलिवल, फुटवल, मादल, इरेजर लगायतका सामाग्रीका साथै बालबालिका खेल्ने पिङ पनि नि:शुल्क प्रदान गरेको थियो ।

सो अवसरमा बोल्दै संघका अध्यक्ष घिमिरेले आधारभूत शिक्षा अध्ययन गर्न बञ्चित हुन नपरोस भन्दै सामाजिक दायित्व अन्तरगत बस्तुगत समितिले शैक्षिक सामाग्री वितरण गरेको बताए। उनल्र प्राप्त सामाग्रीले निम्न आय स्तरका बालबालिकाहरुलाई शिक्षाका किरण प्राप्त गर्न सहयोग मिल्ने धारणा राखेका थिए। अध्यक्ष घिमिरेले राज्यले शिक्षाको गुणस्तर बृद्धि तथा सबै नागरिकलाई शिक्षा आर्जन गर्ने जिम्मेवारी वहन गर्नु पर्ने बताएका थिए ।
कार्यक्रममा वस्तुगत समितिका सचिव सरोज ज्ञवालिले विद्यार्थीको उपस्थिति संख्या बृद्धि हुनुका साथै गुणस्तरीय शिक्षा प्राप्तिमा सहयोग मिल्ने बताए।

 

कार्यक्रममा विद्यालयकि प्रअ कमला ज्ञावलीले विद्यालयको भौतिक तथा शैक्षिक अवस्थाका बारेमा जानकारी गराउदै अभावका विचमा विद्यालय सञ्चालन गर्नु परेको बाध्यता सुनाएका थिए। उनले विद्यालयमा निकै निम्न आय श्रोत भएका परिवारका बालबालिकाहरु अध्ययनमा आउने भएका कारण उनीहरुलाई विद्यालयमा निरन्तरता दिलाउन निकै समस्या परेको उल्लेख गर्दै त्यसमा समाजका हरेक तह र तप्काबाट सहयोगको अपेक्षा राखेका थिए।

वस्तुगत समितिका अध्यक्ष गोकुल ज्ञवालीको अध्यक्षता, सचिव सरोज ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष विजय सुवेदीको स्वागत रहेको थियो ।

विद्यालयमा हाल ९२ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष प्रकाश ढकाल, महासचिव दयानिधि भण्डारी, कोषाध्यक्ष नामदेव पाण्डे, फर्सुराम पन्थ, सहकोषाध्यक्ष मनिराम खनाल, कार्यसमिति सदस्यहरु मनिम दिन मिया, बालकृष्ण बस्याल, न्यामत अलि, माधव ज्ञवाली, कार्यालय प्रमुख सरोज पोखरेल, व्याग वस्तुगत समितिका संयोजक शंकर पोखरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सालिकराम क्षेत्री, अभिभावक संघका अध्यक्ष यमलाल घिमिरे लगायतको उपस्तिथि रहेको थियो ।

 
 
  
 

You may also like