दीपमा बधाई तथा शुभकामना कार्यक्रम

बुटवल । दीप बोर्डिङ हाई स्कुलमा शुक्रबार एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम एसईई परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरूलाई टीका, खादा तथा मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले उत्कृष्ट नतिजाका साथ उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी शैक्षिक सफलताको शुभकामनासहित सम्पूर्ण शिक्षक र कर्मचारीलाई धन्यवाद दिनुभएको थियो ।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईको विशिष्ट आतिथ्यता, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, वि.व्य.स. सदस्य तथा प्लस टु संयोजक वसन्तकुमार जोशी, कक्षा ९ र १० का संयोजक के बी खाम्चा लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थी ऋषिका रिमालले धन्यवाद, कक्षा १२ की विद्यार्थी शर्मिला पन्थी र विज्ञान सङ्कायका संयोजक कमल नेपालले बधाई मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो ।

 
 
  
 

You may also like