कुनै पनि सैन्य गठबन्धनमा आज मात्रै होइन, कहिल्यै सहभागी हुनु हुँदैन : गगन

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले कुनै पनि सैन्य गठबन्धनमा नेपाल सहभागी हुन नहुने बताएका छन् । आज (शुक्रबार) को प्रतिनिधि सभामा बोल्दै सांसद थापाले कुनै पनि सैन्य गठबन्धनमा आज मात्रै होइन कहिल्यै पनि सहभागी हुन नहुने बताएका हुन् ।

उनले भने, ‘कुनैपनि सैन्य गठबन्धनमा आज मात्रै सहभागी हुने होइन । भविष्यमा पनि कहिल्यै सहभागी हुँदैनौं । कुनै पनि स्वरुपको सैन्य गठबन्धनमा सहभागी हुँदैनौं । चाहे भारतले गरेको होस् चाहे अमेरिकाले गरेको होस् । चाहे चीनले वा अरु कसैले गरेको होस् । मैले बुझेको नेपालको राष्ट्र हित यसैमा नीहित ।

उनले के नेपाल सरकारको बुझाइ यो भन्दा फरक छ भन्दै माननीय मन्त्री ज्यूलाई सोध्न चाहन्छु भन्दै प्रश्न गरे । उनले भारत-चीन-अमेरिकालगायतका सम्पूणर् देशहरुसँग मित्रवत सम्बन्ध राख्नुपर्ने बताए । शक्ति राष्ट्रहरुको बीचमा कुनैपनि खालको संघर्ष भए पक्ष विपक्षमा लाग्न नहुने उनले बताएका छन् ।

 
 
  
 

You may also like