संसदमा एमालेको प्रश्न : निर्मलाको हत्यारा पत्ता लगाएन भन्नेले सत्तामा पुगेपछि के गर्‍यो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद केदार सिग्देलले निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारबाही गर्न सरकारसँग माग गरेका छन् । आज (मंगलबार) को प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले किन हत्यारा पत्ता नलगाएको ? भन्दै प्रश्न गरे ।

उनले प्रतिपक्षमा हुँदा सरकारले हत्यारा पत्ता लगाएन भन्दै चर्को बोल्ने नेपाली कांग्रेसले सत्तामा पुगेपछि हत्यारा पत्ता लगाउन के-के काम गरेको छ ? भन्दै प्रश्न गरे ।

‘तत्कालीन ओली सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै कांग्रेसका सांसद्हरू बोलेको हलमा सुनिन्थ्यो । देउवा सरकारले एक वर्षसम्म अपराधी पत्ता लगाउन के गर्‍यो ? सिन्को भाँचेको छैन’ उनले भने, ‘अपराधी, दोषी पत्ता लगाउन माग गर्दछु । नेकपा (एमाले) सहयोग गर्न तयार छ ।’ कञ्चपुरकी बालिका निर्मलाको बलात्कारपश्चात् हत्या भएको मंगलबार चार वर्ष पुगेको छ ।

 
 
  
 

You may also like