भारतमा कोभिडले एकै दिन ६० जनाको मृत्यु, २१ हजार संक्रमित थपिए

नयाँ दिल्ली।भारतमा कोभिड संक्रमण दिनहुँ बढिरहेको छ । पछिल्लो २४ घण्टामा कोभिडका २१ हजार ८८० नयाँ संक्रमित थपिएका छन् ।

योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै कोभिडबाट ६० जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २५ हजार ९३० जनाको मृत्यु भइसकेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४९ हजार ४८२ जना कोभिडका सक्रिय संक्रमित छन् । कुल संक्रमितको शून्य दशमलव ३४ प्रतिशत सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कोभिड निको दर ९८ दशमलव ४६ प्रतिशत छ।

 
 
  
 

You may also like