रोष्ट्रयाक्ट बुटवल डाउनटाउनको पदस्थापन ःअध्यक्षमा भुसाल

बुटवल । रोष्ट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । क्लबले एक समारोहका विच आफ्नो २० औ पदस्थापन कार्यक्रम सप्पन्न गरेको हो पदस्थापनमा कार्यक्रममा वर्ष २०२१÷२२ का अध्यक्ष राम प्रसाद बेल्वासेले बर्ष २०२२÷२३ का अध्यक्ष सौरभ भुसाललाई पद हस्तान्तरण गरेका हुन ।

सो अबसरमा बेल्बासेले आफ्नो बर्ष भरिका गतिविधिमा विभिन्न माध्यमबाट सहयोग गर्ने रोट्रयाक्ट बोर्ड सदस्य , सदस्य, रोटरि क्लबका पुर्ब अध्यक्ष , रोट्रयाक्टका पुर्ब अध्यक्ष , छिमेकी क्लबका प्रतिनिधि तथा विभिन्न ब्यक्तिहरुलाइ मायाको चिनो बाट सम्मान गरेका थियो भने उत्कृष्ट रोट्रयाक्टरको उपाधी रमेश पन्थीलाई प्रदान गरेका थिए । नव निर्वाचित अध्यक्षलाई डिष्ट्रिक्ट रोट्रयाक्ट रेप्रिजेन्टेटिभ (डि.आर.आर) लक्ष्मण खरेलले पद तथा गोपनियताको सपत गराएका थिए ।

नव निर्वाचित अध्यक्ष भुसाल बुटवलमा स्थापित युवा व्यवसायी हुन । विगत १ दशक देखि बुटवलमा रहेर व्यापार व्यवसाय गरेका छन् । भुसाल बुटवलमा रहेको अन्सु लिडका सञ्चालक समेत हुन । भुसाल विभिन्न सामाजीक संघ सस्थामा समेत आवद्ध रहेका छन् ।
भुसालले आफ्नो कार्यकालको वर्ष भरीका कार्यक्रम तथा योजना प्रस्तुत गरेका थिए ।

क्लबलाई अझ शसक्त तरीकाले स्वार्थ भन्दा माथी सेवा भावनालाई आत्मसाथ गरी समाज रुपान्तरणका लागि आगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । क्लबले यस वर्ष इन्सपायर,इङ्गेज इलिभेट मन्त्रलाई अङ्गाली यस वर्षका हरेक कार्यक्रमहरु अगाडि बढाउने समेत बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रोटरी डिष्ट्रिकका ए.जी सिए प्रेम भुर्तेल, रोट्रयाक्ट डि.आर.आर लक्ष्मण खरेल रोटरी डाउनटाउनका अध्यक्ष भरत राना ,रोट्रयाक्ट बुटवल डाउनटाउन प्रेसिडेन्ट काउन्सिल अध्यक्ष बालकृष्ण पान्डे , रोटरी पुर्व अध्यक्ष , रोट्रयाक्ट पुर्व अध्यक्ष लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधिहरु निर्वाचित समितिलाई बधाई तथा शुभकामना मन्तव्य दिएका थिए ।

 
 
  
 

You may also like