बुटवलमा लुम्बिनी डान्स आइकन–२०७९

बुटवल । कला संस्कृतिको संरक्षण र नेपाली नृत्य प्रवद्धनका लागि भन्दै प्रदेशस्तरीय ‘लुम्बिनी डान्स आइकन–२०७९’ हुने भएको छ ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा अडिसन हुने खुल्ला नृत्य प्रतियोगिताको आयोजना नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशले गरेको हो । प्रतियोगितामा नेपाली भाषाका गीतमा मात्रै नृत्य गराइने छ । एकल, जोडी र समूह तीनैथरी नृत्यले प्रवेश पाउने अध्यक्ष लोकेन्द्र शाहीले बताए ।

प्रतियोगिताको पहिलो अडिसन (छनोट) असार ३२ गते बुटवलबाट सुरु हुने छ । यसपछि प्रदेशका १२ वटै जिल्लाका मुख्य बजारमा अडिसन हुने छ । अडिसनमा १ हजार जना सहभागी हुने प्रारम्भीक अनुमान छ । बुटवलमा हुने अडिसनका लागि हालसम्म ५ सय बढीले नाम दर्ता गराईसकेकोे कार्यक्रम संयोजक सुन्दर गुरुङले जानकारी गराए ।
भदौ अन्तिम साता बुटवलमा मेघा अडिसनबाट १० जना फाइनालिस्ट छनोट हुने छन् । त्यसमध्येबाट विजेताले १ लाख १ हजार १११ रुपैयाँ नगद राशी प्राप्त गर्ने छन् ।

 
 
  
 

You may also like