क्याम्पसमा डिजिटल लाईब्रेरी तथा मानव संसाधन विकास ल्याब

बुटवल। लुम्बिनी वाणिज्य क्याम्पसमा डिजिटल लाईब्रेरी तथा मानव संसाधन विकास ल्याब शुभारम्भ गरिएको छ । शनिबार एक कार्यक्रमका बिच त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्राडा पेशल दाहालले लाईब्रेरी र ल्याबको उद्घाटन गर्दै विश्वविद्यालयबाट गौरव मान्नुपर्ने कलेजका रुपमा लुम्बिनी वाणिज्य भएको बताए । विसं २०२८ सालमा शिक्षा नीति ऐनले देशभरका सबै कलेजलाई सरकारीकरण गर्ने काम भएको उनले बताए । कलेजहरु ब्यवस्थापनमा स्थानियहरुमा अपनत्व नहुदा कठिनाई भयो । बिसं २०३६ सालमा भने यसलाई फेरि सामुदायिक दिने निर्णय भएको भन्दै त्यसपछि भने देशका धेरै कलेजहरु उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनले बताए ।

त्रिभुवन विश्वविद्यालयले शुरुवातमा स्वीकृत दिएकोमध्येको लुम्बिनी वाणिज्य कलेज एक भएको उनले बताए । बुटवलका सबै क्षेत्रका प्रतिनिधिमुलक सहभागिता ब्यवस्थापनमा रहनु कलेजको विकासमा सहयोग मिलेको उनले दाबी गरे । बेरोजगार जनशक्ति उत्पादन रोक्न समेत टियुले ध्यान दिने गरि क्युएए मान्यता प्राप्त कलेजलाई प्राथमिकता दिएर समयसापेक्ष कलेजको मापदण्ड अनुसार पूरा भएकोलाई मात्र प्रोग्राम दिने उनले बताए । विकासमा अगाडी बढेको सामुदायिक कलेजलाई प्रोत्साहन गर्ने दाबि गर्दै उनले अपनत्व हुने गरि विकासमा लाग्न सुझाव दिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राडा डिल्लिनाथ शर्माले लुम्बिनी क्षेत्रमा बलियो रुपमा देखापरेको बताए । टियुमा सम्वद्घन प्राप्त कलेजबाट पाच वटा अटोनोमस प्रोग्रामहरु चलाईरहेको उनले बताए । डिन युनिभर्सिटी संचालन गर्ने कलेज ब्यवस्थापनको सोच पुरा होस भन्ने सुभकामना दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले तत्कालन समयमा पाल्पा, काठमाडौं र भारतका विभिन्न शहरमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई रोक्ने उद्येश्यकासाथ कलेज स्थापना भएको बताए । बजार विकास हुँदै जादा उच्च शिक्षाको आवश्यकता अनुसार स्थापना भएको भन्दै उनले बुटवललाई आधुनिकता तर्फ लैजाने महत्वपुर्ण पाटोका रुपमा कलेज रहेको बताए । बुटवल उपमहानगरपालिकाले प्यारामेडिकल केलजकारुपमा विकास गर्ने, विटिआईलाई ब्यवहारिक ब्याचलर अध्ययन, सेमलार कलेजलाई कृषि कलेज जस्ता शिक्षा, स्वस्थ्य र प्राविधिक पक्षलाई रोजगारसंग जोडेर योजना अगाडि बढाएको उनले बताए । युवाहरुलाई रोजगार दिएर रोक्ने र विदेश जाने युवालाई समेत दक्ष बनाउने रुपमा लिएको उनले बताए । काठमाडौं बाहिरका कलेजहरु भौतिक र शैक्षिक परिणामका हिसाबमा राम्रो रहेको भएपनि केन्द्रीकृत सोचका कारण माग भएका विषयहरु अध्ययन अध्यापनको स्वीकृति नदिनु दुखद भएको उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले उद्योग, ब्यापारको क्षेत्रमा कलेजबाट युवा शैक्षिक जनशक्ति तयार गर्न सफल भएको बताए । कलेजको विकासका लागि आवश्यक भौतिक र नैतिक सहयोग गर्न आफू तयार रहेको उनले बताए ।

कार्यक्रममा क्याम्पस प्रमुख प्राडा ताराप्रसाद उपाध्याय, कलेज ब्यवस्थापन समितिका अध्यक्ष मोतीराम पाण्डे, महेश्वर प्रसाद श्रेष्ठ, लुम्बिनी वाणिज्य क्याम्पस संचालक समितिका निवर्तमान अध्यक्ष राजेन्द्र वझाले स्थानिय जनशक्ति स्थानियस्तरमामा नै परिचालन गर्ने रुपमा स्थापना भएको बताए । कलेजलाई समयसापेक्ष स्वयक्त डिन कलेजका रुपमा विकास गर्न आफुहरु निरन्तर सहयोग गर्ने उनले प्रतिवद्घता वनाए ।

बिस २०३७ सालमा स्थापना भएर आईकम कक्षाबाट शुरु भएको थियो । कलेजमा ३ हजार ४ सय ६४ जना विद्यार्थीहरु अध्यरत छन । कलेजमा ३० जना स्थाई, १५ जना आशिक करार गरि ४५ जना प्राध्यापक, २२ जना स्थाई र ३ जना आशिक करार कर्मचारी गरि ७० जना जनशक्ति सेवारत छन ।

 

 
 
  
 

You may also like