बुटवलबाट भैरहवा जाँदै गरेको बस तिलोत्तमामा दुर्घटना, ३ जना घाइते

२५ असार २०७९, शनिबार

बुटवल । बुटवलबाट भैरहवा जाँदै गरेको बस तिलोत्तमामा दुर्घटनामा परेको छ। शनिबार बिहान लु २ ख ८०४ नम्बरको बस तिलोत्तमा नगरपालिका – ९ स्थित मङगलापुरमा अनियन्त्रित भैइ सडक छेउको रेलिङ्गमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनाबाट बसमा सवार ३ जना घाइते भएको इलाका प्रहरी कार्यालय मङगलापुरका प्रहरी नायब निरीक्षक थमबहादुर रोकाले जानकारी दिए । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको उनले बताए । बसमा १४ जना यात्रु सवार रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया