राउटे युवतीलाई यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात वर्ष कैद

सुर्खेत । सुर्खेत जिल्ला अदालतले राउटे समुदायकी युवतीलाई यौन दुर्व्यवहार गर्ने तीन जनालाई कैद र जरिवाना तोकेको छ ।
अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले राउटे युवतीलाई यौन दुव्र्यवहार गर्ने चौमन घर्ती मगर र भुपेन्द्र बुढा मगरलाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो ।

बिहीबारको फैसला अनुसार उनीहरूले पीडित राहत कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ । यौन दुव्यवहार भएको होटलका सञ्चालक मनबहादुर पुनलाई तीन वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको अदालतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिएका छन् ।

उनले चार हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फौसलामा उल्लेख छ । जेल सजाय र जरिवाना तोकिएका तीनैजनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।
सुर्खेतको गुर्भाकोट नगरपालिकाको आपसोती जनैघाटस्थित भेरी नदी किनारमा बसोबास गर्दै आएका बेला राउटे समुदायका दुई युवती यौन दुव्र्यवहारको सिकार भएका थिए ।

मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति राउटे युवतीमाथि यौन हिंसा भएको थियो । राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडयो बाहिरिएपछि २०७८ जेठ २३ गते प्रहरीले उनीहरूलाई प्रक्राउ गरेको थियो ।

 
 
  
 

You may also like