बुटवल । सामाजिक क्षेत्रमा देखिने स-साना लगायत ठुलो समस्या, बिभिन्न कसिमको शोषण, दमन अत्याचार, अन्याय बिरुद्ध उत्तरदायी र जिम्मेवार भएको निरन्तर परिवर्तनको सोच बोकेर अघि बढेको संस्था हो पहिलो पाहिला नेपाल ।
सामाजसेवाको भावनाले ओतप्रोत भएका जागरुक युवाहरुलाई संगठित गरेर परिवर्तनको लागी लाग्नुपर्छ भन्ने प्रेरणादायी स्रोतको माध्यम बनेको संस्था हो पहिलो पाईला।
राज्यको यो अवस्था जुन बिश्वले नै निन्दा गर्ने अवस्था छ। सामाजिक, राजनैतिक तथा कुटनैतिक हिसाबले कमजोर बनेको अवस्थामा कर्मठ, उर्जावान युवाहरुसंग हातेमालो गरेर बिकास र परिवर्तनको खाका कोर्न लागी परेको संस्था पहिलो पाईला नेपाल बुटवलले सिदार्थ बाल तथा महिला अस्पतालमा ” मोबाईल चार्जिङ स्टेसन हस्तान्तरण” कार्यक्रम सम्पन्न गरेको हो ।
आपतकालिन अबस्थामा आउने तर मोबाईलमा चार्ज नहुदा समस्यामा पर्ने अबस्था कसैलाई नहोस भनेर पहिलो पाईला नेपाल बुटवल शाखाले चार्जीङ स्टेसन हस्तान्तरण गरेको हो सस्थाका शाखा अध्यक्ष पारस मरासिनिको अध्यक्षतामा कार्यक्रम भएको थियो भने।सिदार्थ बाल अस्पतालका प्रमुख डाक्टर राजेन्द्र प्रसाद वस्यालको प्रमुख अतिथि,अस्पलातका प्रसासकिय प्रमुख धुब्र श्रेष्ठ,आकास्मिक कक्ष प्रमुख श्रिकान्त सुवेदी लगाएले अतिथिको आसन ग्रहण गर्नु भएको थियो।प्रमुख अतिथिको रुपमा बोल्दै डा. राजेन्द्र प्रसादले सस्थाले सानो सानो सहयोग जुटाएर एउटा अस्पताल र अस्पतालमा आउने धेरै बिरामिहरुले राहत पाउने भन्दै खुसि ब्याक्त गरे आउदा दिनहरुमा पनि सस्था संग सहकार्य गर्दै अन्य आवश्यक कामहरु गर्ने प्रतिद्वनता जनाउनु भयो ,उक्त कार्यक्रमका कार्यक्रम अध्यक्ष मरासिनिले यसरी अस्पतालको सहयोग संगै सहकार्य गर्न पाउँदा खुसि ब्याक्त गर्दै अस्पताल र सस्था को सम्बन्ध दुई भइको रुपमा अगाडि बढाउन चाहेको बताए ।
कार्यक्रम सस्थाका सदस्य गौरव खनालको संयोजकत्वमा भएको थियो भने सस्थाकि सह सचिव गोमा भट्टराईको संचालनमा भएको थियो।