लुम्बिनी प्रदेश भलिबल संघको प्रथम अधिवेसन, पुर्वाधार विकासमा जोड दिनुपर्ने सुझाव

बुटवल।राष्ट्रिय खेल भलिबलको पुर्वाधार विकासमा सरकारको लगानी बढाउनुपर्ने
खेलप्रेमीहरुले सुझाव दिएका छन । शनिबार बुटवलमा सम्पन्न लुम्बिनी प्रदेश
भलिबल संघको प्रथम साधारण सभा तथा अधिवेसनमा सहभागीहरुले खेल विकासमा
सरकारको लगानी बढाउन सुझाव दिएका हुन । एक समारोहका बिच अधिवेशनको
लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले उद्घाटन
गर्दै सरकारका संरचनाहरु संघियतामा अघि बढ्दै गर्दा खेलकुद संघिय संरचनामा
जान नसक्नु दुखद भएको बताए । संघिय सरकारको मातहतमा रहेका संरचनामा रहदा
प्रदेशका धेरै खेलकुद गतिविधि अघि बढ्न नसकेको उनले बताए। नितिगत रुपमा ऐन
संशोधन गरृर संघिय संरचनामा पुन संरचना गर्न जरुरी रहेको उनले बताए ।
भलिबल खेललाई प्राथमिकता राख्दै यो प्रदेशमा राष्ट्रियस्तरको स्टेडियम र
प्रतियोगिताहरु आयोजनाका लागि प्रदेश सरकारको बजेटमा सम्बोधन भएको उनले
बताए ।
साबिक मध्यपश्चिमान्चल भलिबल संघका अध्यक्ष देबेन्द्र बैरागीले खेलमा
राजनितिको प्रभाव देखिन नहुने भन्दै ब्यक्तिको क्षमता र दक्षताका आधारमा खेलको
नेतृत्व आउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष निरोज मास्के, केन्द्रीय सदस्य किशोर आचार्यले
भलिबल खेल विकास गर्न सबैको सहयोग जरुरी रहने बताए । भलिबल खेललाई
ब्यवसायिक बनाउदै खेल र खेलाडीको विकासमा लाग्नुपर्ने उनिहरुको सुझाव दिए ।
कार्यक्रममा सचिव भिम वलीले प्रदेश संरचना नया हुदा केही कठिनाई देखिएको
बताए । यसलाई सुधार गर्दै अघि बढ्ने समेत उनले बताए । प्रदेश परिषद अन्तरगत
रहेर जिल्ला र खेल सम्बन्ध संघसंस्थाहरुलाई समेट्ने गरि अघि बढेको बताए ।
लुम्बिनी प्रदेशका ११ जिल्ला संघको अधिवेशन सम्पन्न भैसकेको उनले बताए ।

 
 
  
 

You may also like