समाचार र पत्रकारका विषयमा अन्तरक्रिया

बुटवल । रुपन्देहीको भैरहवास्थित प्रदेशस्तरीय बाल सुधार गृहमा प्रहरीमाथिनै आक्रमण भएको छ ।बालगृहका किशोरहरुलाई स्थानान्तरण गर्ने बिषयलाई लिएर त्यहाँ रहेका किशोरहरुले ताला लगाएर प्रहरीलाई भित्र छिर्न नदिई आक्रमण गरेका हुन् ।

आक्रमणबाट जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रवक्ता नवरत्न पौडेल र उनका सूरक्षागार्ड टोपबहादुर रखाल घाइते भएका छन् । प्रहरी नायव उपरीक्षक पौडेल र रखालको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी, उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । । आक्रोशित किशोरहरुले सुधार गृहको भवनको सिसा समेत तोडफोड गरेका छन् ।बाल सुधार गृहमा क्षमता भन्दा बढी किशोर राखिएका छन् ।

६० जना क्षमता भएपनि एक सय ६ जनालाई राखिएको छ ।बाल सुधार गृहका किशोरहरुको अमर्यादित व्यवहारबाट आजित भएको भन्दै स्थानीय बासिन्दाले मंगलबार मात्रै जिल्ला प्रशासन कार्यालयमा सुधारगृह स्थानान्तरण गर्नु पर्ने मागसहित ज्ञापन पत्र बुझाएका थिए ।
भैरहवामा चार वर्ष अघिदेखि प्रदेशस्तरीय बाल सुधार गृह सञ्चालनमा आएको हो । कुनै पनि अपराधमा संलग्न भएको आरोप लागेका वा संलग्न भएका बालबालिकालाई यहाँ राखिन्छ । तर, यहाँ किशोरअवस्थाका धेरै भएकाले उनीहरुले अवाञ्छनीय क्रियाकलाप गर्ने गरेको स्थानीयबासिन्दाको गुनासो छ ।

 
 
  
 

You may also like