युक्रेनी गाउँको जङ्गलमा लुक्दै भगौडा रुसी फौज

किभ । खार्किभ नजिकै इजुम शहर छेउको सानो शहर बोरोभामा स्थानीय बासिन्दाले रुसी भगौडा सेना देखेको बताएका छन् । यसबारे बोरोभा समुदाय परिषद्ले सामाजिक सञ्जालमा लेखेको छ ।

परिषद्का एक जना अधिकारीले लेखेका छन्, ‘उनीहरू घाइते, हिलोमैलो, भोकाएको स्थिति एवं आक्रोशित मुद्रा र क्षतिग्रस्त उपकरणका साथमा यहाँ फर्केका छन् । उनीहरूले हाम्रो गाउँमा बस्ने एउटा थलो भेटाएका छन् । हामीलाई प्राप्त समाचार अनुसार करिब दुई सय जना रुसी फौज अहिले हाम्रो गाउँ नजिकको जङ्गलमा लुकिरहेका छन् । उनीहरूका कमाण्डरहरूले उनीहरूको खोजी गरिरहेका छन् ।’

इजुम शहरमाथि कब्जा गर्न भएको अर्को युद्धमा पराजित भएपछि रुसी फौजको एक समूह बोरोभा नजिकको एउटा सानो गाउँ गोरोहोभात्कतर्फ भागेका हुन् । त्यसैगरी रुसी फौजको अर्को एक समूह एक स्थानीय जङ्गलमा लुक्न पुगेका छन् । द भ्वाइस अफ युक्रेनबाट

 
 
  
 

You may also like