रुपन्देहीको देवदहमा एक महिला मृत अवस्थामा फेला

बुटवल । रुपन्देहीको देवदहमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

देवदह नगरपालिका-५ खैरेनी स्थित सिद्धार्थ कोलोनी बस्ने २६ वर्षिया हेमा पाण्डे सोमबार आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पाल्पा अर्गेली घर र गुल्मी हुँगा माइत भएकी पाण्डे करिव सात महिनादेखि खैरेनीमा डेरामा वसोवास गर्दै आएको प्रहरीले बताएको छ । उन

का श्रीमान दुई महिनाको बिदा सकेर एकसाता अघि मात्रै विदेश फर्किएका थिए । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like